सिंहदरबारमा बस्दै मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (जेठ २६) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको आह्वानमा बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । यस दिन बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय छ । मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।
















