जनरल इन्स्योरेन्सको मोबाइल एप

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसी नेपाल नामक एप संचालनमा ल्याएको छ । कम्पनीले चौथो साधारणसभाको अवसरमा एप संचालनमा ल्याएको हो ।

सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालले पेश भएको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल भइ पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष सहित असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल भइ पारित भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्दै सभा सम्पन्न भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *