स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिक

स्विट्जरल्याण्डले बोस्निया(हर्जगोभिनालाई फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा ४-१ ले पराजित गरेको छ। खेलको अन्तिम २० मिनेटमा भएको नाटकीय प्रदर्शनसँगै स्विट्जरल्याण्ड विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा पुग्ने सम्भावना बलियो बनेको छ। खेलको ७४ औँ मिनेटमा मैदान प्रवेश गरेको मात्र २ मिनेट ४६ सेकेन्डमा मन्जाम्बीले उत्कृष्ट गोल गरे। पेनाल्टी एरियामा आएको बललाई उनले पहिलो प्रहारमै आकर्षक भली मार्फत जाली चुमाए। मैदान छिरेपछि बलसँगको यो उनको चौथो टच मात्र थियो। बोस्नियाका तारिक मुहरेमोभिकले स्विट्जरल्याण्डका ब्रिल एम्बोलोलाई खराब फल गरेपछि रातो कार्ड खाएर मैदान बाहिरिएका थिए। १० खेलाडीमा सीमित बोस्निया विरुद्ध रुबेन भार्गासले डिबक्सको कुनाबाट निकै सटिक र घुमाउरो प्रहार गर्दै स्विट्जरल्याण्डको अग्रता दोब्बर बनाए।

खेलको ९० औँ मिनेटमा भार्गासकै पासमा मन्जाम्बीले आफ्नो व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि इन्जुरी समयमा जिब्रिल सोलाई विपक्षी खेलाडीले लडाएपछि स्विट्जरल्याण्डले पेनाल्टी पायो, जसमा कप्तान ग्रानिट जाकाले गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए। बोस्नियाका लागि एर्मिन माहमिचले खेलको अन्त्यतिर एक सान्त्वना गोल फर्काएका थिए। खेलपछि मन्जाम्बीले खुसी व्यक्त गर्दै भने, ‘योमेरो करियरकै अहिलेसम्मको उत्कृष्ट क्षण हो। खेलको सुरुमा हामीले सोचेजस्तो प्रदर्शन गर्न सकेनौँ, तर हामीलाई धैर्य राख्नुपर्छ भन्ने थाहा थियो। हामी एक राम्रो टोली हौँ र आज त्यो प्रमाणित गर्‍यौँ।’ मन्जाम्बीले गोल गर्नुअघिसम्म स्विट्जरल्याण्डले गोलका धेरै अवसर गुमाएको थियो। सुरुवाती चरणमा ड्यान एनडोएले केही राम्रा मौका पाए पनि गोल गर्न सकेनन्। बोस्नियाको रक्षापंक्ति (डिफेन्स) सुरुमा निकै मजबुत देखिएको थियो। बोस्नियाका अनुभवी स्ट्राइकर एडिन जेकोले आफ्नो दोस्रो विश्वकप खेल्दै टोलीका लागि केही राम्रा मुभ बनाए पनि उनले गोल गर्न सकेनन् र ६४ औँ मिनेटमा उनी मैदानबाट बाहिरिए। हाल समूह बी मा स्विट्जरल्याण्ड ४ अंकका साथ शीर्ष स्थानमा छ भने बोस्निया १ अंकका साथ तालिकाको पुछारमा रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *