रास्वपा महाधिवेशनमा अरू पार्टीका को को पुगे चितवन ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म चितवन पुगेका छन् । आइतबार चितवनको भरतपुरमा सुरु महाधिवेशनमा कांग्रेसका तर्फबाट सभापति थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन पुगेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअर्थमन्त्री समेत रहेका कम्युनिस्ट नेता बाबुराम भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष राउत पनि उद्घाटन समारोहमा सहभागी छन् । रास्वपाले सबै दलका शीर्ष नेतालाई महाधिवेशन समारोहमा निमन्त्रण गरेको थियो । महाधिवेशन यही असार ९ गतेसम्म चल्ने तय छ ।
















