इरान र बेल्जियम गोलरहित बराबरीमा

काठमाडौं । विश्वकपमा इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलको पहिलो हाफको २४ औँ मिनेटमा इरानका मेहेदी तोरबीले बेल्जियमको पोस्टमा बल छिराएका थिए । भीएआएर चेकबाट उनको पोजिसन अफसाइड निर्क्यौल भएसँगै त्यसले गोलको मान्यता पाएन । त्यसपछि बेल्जियमले पटक,पटक इरानको पोस्टमा बल प्रहार गरेको थियो । बेल्जियमका सबै प्रहारलाई इरानी गोलरक्षक एरिरजा बेरानभान्डले जोगाएका थिए । खेलमा बेल्जियमका नथान एनग्योएले रातो कार्ड पाएका थिए । दुवै टोलीले समूह चरणका पहिलो खेल बराबरीमा टुंग्याएका थिए । बेल्जियम र इजिप्ट तथा इरान र न्युजिल्याण्डबीचको खेल बराबरी भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *