वीरगन्ज महानगरद्वारा चार अर्ब ४२ करोड बढीको बजेट सार्वजनिक
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले चार अर्ब ४२ करोड ३४ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गरे । बजेटअनुसार पुँजीगत खर्चतर्फ एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ । त्यसैगरी चालु खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४।३ प्रतिशत विनियोजन गरिएको छ ।
















