नाइमा मोबिलिटी एक्स्पो २०२६: ५० भन्दा बढी स्टल, ४० नयाँ सवारी सार्वजनिक हुने

काठमाडौं। साउन २६–३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ५३ ब्रान्डको सहभागिता रहने भएको छ। एक्स्पोमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादन सार्वजनिक गरिने आज आयोजित पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले जानकारी दिएकी हुन्।

आयोजकका अनुसार यस वर्ष एक्स्पो अझ ठूलो र व्यवस्थित हुनेछ। आगन्तुकका लागि सहज आवतजावत, पार्किङ, ५० प्रतिशतसम्म टिकट छुट, फुड कोर्ट तथा लर्निङ सेसन व्यवस्था गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *