सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशत छुट, आज अन्तिम मौका
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशत छुट दिने अवधि आज सकिंदैछ। कम्पनीले बीमा गराएका तर विभिन्न कारणले समयमै बीमालेख नवीकरण गर्न नसक्दा व्यतित भएका बीमालेखहरूमा लाग्ने विलम्ब शुल्क (ब्याज) मा पूर्ण छुट दिइरहेको छ। उक्त पूर्ण छुट सुविधाको प्रयोग गरेर आफ्नो व्यतित भएका बीमालेखहरूलाई पुनः सक्रिय गराउने आज अन्तिम दिन रहको छ। कम्पनीले सबै बीमितलाई यसको लाभ उठाउन अनुरोध गरेको छ।

















