बझाङ जिप दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् । घाइतको उद्धारका लागि हेलिकप्टर गएको धामीले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *