विकास बैंकहरूको नाफा करिब ३२ प्रतिशतले बढ्यो,अग्रस्थानमा गरिमा विकास बैक

काठमाडौँ । ११ महिनामा राष्ट्रिय स्तरका ८ विकास बैंकहरुले झण्डै ७ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को ११ महिनामा विकास बैंकहरुले ६ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । बैंकहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१।०८२ को ११ महिनाको अवधिको तुलनामा भने ३१.७८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सो अवधिमा विकास बैंकहरुले ५ अर्ब २२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएका थिए । समिक्षा अवधिमा ८ वटै विकास बैंकको नाफामा सुधार भएको देखिएको छ । यसअवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक पहिलो नम्बरमा रहेको छ । ११ महिनाको अवधिमा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको हो । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३३ प्रतिशतले बढी हो ।

जेठ मसान्तसम्मको अवधिमा मुक्तिनाथ विकास बैंकको नाफा २०.२३ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४५ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३८ प्रतिशतले बढेर १ अर्ब १ करोड ९४ लाख र ज्योति विकास बैंकको ८६ प्रतिशतले बढेर ८१ करोड ६१ लाख रुपैयाँ पुगेको हो । यता, कामना विकास बैंकको नाफा १२ प्रतिशतले बढेर ७५ करोड ५९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ७.८० प्रतिशतले बढेर ६० करोड ६८ लाख र महालक्ष्मी विकास बैंकको २.२७ प्रतिशतले बढेर ५४ करोड ६५ लाख रहेको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा लुम्बिनीको नाफा सबैभन्दा कम रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४२ प्रतिशतले बढेरपनि कम्पनीको नाफा ५२ करोड ७४ लाख रुपैयाँमा सीमित रहेको हो । त्यस्तै, एक्सेल डेलभपमेन्ट बैंकको १४ करोड ६३ लाख, मितेरी डेभलपमेन्ट बैंकको १० करोड ३५ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ५ करोड ८६ लाख, कर्पोरेट डेभलमपेन्ट बैंकको २ करोड ८७ लाख रुपैयाँ नाफा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *