समन्वयकारी भूमिका खेल्न कोसी र मधेसका सांसदहरूलाई लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोसी र मधेस प्रदेशका सांसदहरूलाई समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । उनले सिरहामा विकसित घटनाक्रमबारे सद्भाव अभिवृद्धि, सहिष्णुता प्रवर्द्धन र अवस्था सामान्यीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् । सभापति लामिछानेले कोसी तथा मधेश प्रदेशका सांसदहरूसँग गरेको अनौपचारिक छलफल सकिएको छ । केहीबेरमा गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री घटनास्थलमा जाँदै छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *