कांग्रेस केन्द्रीय समिति बैठकमा पाँच प्रदेश सभापति उपस्थित, दुई अनुपस्थित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सात प्रदेशका सभापतिमध्ये पाँचजना सहभागी भएका छन् । आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूलाई आमन्त्रित सदस्यका रूपमा सहभागी गराइएको हो । बैठकमा कोसी प्रदेशका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव, वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन सहभागि भएका हुन् । त्यस्तै, कर्णाली प्रदेशका सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर बैठकमा अनुपस्थित रहे ।
















