शेखर गोल्छालाई १ करोड धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
काठमाडौं । विशेष अदालतले उद्योगी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, न्यायाधीशहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो। मंगलबार अदालतमा हाजिर भएका गोल्छालाई १ करोड धरौटीमा रिहा गर्न इजलासले आदेश जारी गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा गोल्छाविरुद्ध साढे ५२ करोड रुपैयाँको बिगो दाबी गर्दै जेठ २८ गते मुद्दा दायर भएको थियो ।
















