नाइमा एक्स्पोमा ५०० भन्दा बढी बुकिङ भयो एथर ई-स्कुटर

काठमाडौं । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता वैद्य इनर्जीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मा उत्साहजनक नतिजा हासिल गरेको जनाएको छ । कम्पनीका अनुसार ६ दिनसम्म चलेको उक्त मेलामा एथरले ५०० भन्दा बढी स्कुटरको बुकिङ प्राप्त गरेको छ । यो सफलता कुनै छोटो अवधिको आकर्षक उपहार वा प्रमोशनल स्किमका कारण नभई एथरले ब्याट्री एश्योरेन्स, सेवाको पहुँच र चार्जिङ पूर्वाधारमा गरेको निरन्तर लगानीको प्रतिफल भएको कम्पनीले जनाएको छ । एथरले ग्राहकको दीर्घकालीन विश्वास जित्नका लागि ‘एथर एश्योरेन्स’ लाई मुख्य आधार बनाएको छ । यसअन्तर्गत ‘एट ७०’ वारेन्टी योजनामार्फत एथरले ब्याट्रीमा ८ वर्ष वा ८०,००० किलोमिटरसम्मको वारेन्टी प्रदान गर्दै आएको छ । यस योजनाको मुख्य विशेषता भनेको लागू हुने सर्तहरू अनुसार ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने ग्यारेन्टी दिनु हो, जसले ईभी खरिदकर्तामा रहने ब्याट्रीको आयुपट्टिको चिन्तालाई पूर्ण रूपमा सम्बोधन गरेको कम्पनीले जनाएको छ । हाल नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेकाले पनि ग्राहकहरू एथरप्रति आकर्षित भएका हुन् ।

प्रदर्शनीमा विशेष आकर्षणको रूपमा रहेको नयाँ ‘एथर ४५० ओभरटोन सिरिज’ मा समावेश अत्याधुनिक प्रविधिले आगन्तुकहरूलाई लोभ्याएको थियो । विशेषगरी थ्रोटलबाटै ब्रेकिङ नियन्त्रण गर्ने ‘म्याजिक ट्विस्ट’, लामो यात्रा सहज बनाउने ‘इन्फिनाइट क्रूज’ र स्कुटरसँग कुराकानी गर्न मिल्ने ‘भ्वाइस अन एथर’ जस्ता फिचरहरूले एथरलाई केवल सवारी मात्र नभई एउटा प्रविधिमैत्री प्लेटफर्मको रूपमा स्थापित गरेका छन् । साथै, पर्फमेन्सका लागि ४५० सिरिज र पारिवारिक सहजताका लागि ‘रिज्टा’ मोडलले गर्दा ग्राहकले आफ्नो आवश्यकता अनुसारको विकल्प रोज्न पाएका थिए । एक्स्पोको उपलब्धिलाई सेल्स माइलस्टोन मात्र नभई ग्राहकको बदलिँदो रोजाइको रूपमा कम्पनीले व्याख्या गरेको छ । एथर नेपालका अनुसार ग्राहकहरू अब केवल स्कुटर मात्र होइन, बरु त्यससँगै आउने सम्पूर्ण इकोसिस्टम र सुरक्षा खोजिरहेका छन् । ‘५०० भन्दा बढी बुकिङले प्रविधि, विश्वसनीयता र सेवाको उपलब्धता प्रतिको विश्वासलाई झल्काउँछ,’ कम्पनीले उल्लेख गरेको छ । आगामी दिनमा पनि नेपालभर आफ्नो सञ्जाल विस्तार गर्दै इलेक्ट्रिक मोबिलिटीको यात्रालाई अझ सहज र भरपर्दो बनाउने एथर नेपालको लक्ष्य छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *