रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् । बिहान ११ बजे बस्ने बैठकमा पार्टीको दस्तावेज, स्थानीय निर्वाचनका लागि उमेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुनेछ । केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन बैठकका एजेन्डा रहेका छन् ।

स्थानीय निर्वाचनका लागि केन्द्रीय उमेदवार छनोट समिति सदस्य मनोनयन, योजना, कार्यक्रम तथा अभियानको विषय पनि बैठकको एजेन्डा रहेको छ । “केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उमेदवार छनोट रूपरेखा’ अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन पनि बैठकको एजेन्डामा छ,” महामन्त्री आचार्यले भनेका छन्, “पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *