काठमाडौंमा साढे २ तले घर भासियो
काठमाडौं । काठमाडौंमा साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३, बाँसबारीमा रहेको उक्त घर भासिएको हो । काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार (भदौ ४) बेलुका करिब ८ बजे उक्त घर भासिएको हो । उक्त घरमा न्यु गण्डकी गेष्ट हाउस सञ्चालनमा थियो । महानगरपालिकाले वर्षाका घर भासिएको जनाएको छ । यो घरमा अहिले कोही नरहेकोले मानवीय क्षतिको जोखिम भने नरहेको महानगरपालिकाले जानकारी दिएको छ ।

















