सुजुकी नेपालद्धारा टर्बो बुस्टरजेट इन्जिनसहित नयाँ ब्रेजा सार्वजनिक, नाडा अटो शोमा हेर्न पाइने

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ । नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै ल्याइएको ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ । नयाँ ब्रेजा भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०८३ मा प्रदर्शन गरिनेछ । सुजुकी प्याभिलियनको स्टल बी८२ मा ग्राहकले गाडी प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । साथै टेस्ट ड्राइभ बुकिङ र अन्य मोडेलका सुविधाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ । नयाँ ब्रेजामा टर्बो बुस्टरजेट इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ५ हजार ५०० आरपीएममा अधिकतम ८१ किलोवाट शक्ति उत्पादन गर्छ । २ हजारदेखि ३ हजार ५०० आरपीएममा १७० न्युटन–मिटर टर्क उत्पादन गर्छ ।

इन्जिनलाई नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनसँग जोडिएको छ । यसले सहरदेखि राजमार्गसम्म सहज र प्रभावकारी ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ । ब्रेजामा स्मार्ट हाइब्रिड प्रविधिसहितको १.५ लिटर ड्युअल जेट, ड्युअल भीभीटी इन्जिनको विकल्प पनि छ । यसमा ६–स्पिड म्यानुअल र स्टियरिङमा प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन उपलब्ध छ । नयाँ ब्रेजाको बाहिरी डिजाइनमा पनि परिवर्तन गरिएको छ । यसमा स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार, नयाँ स्किड प्लेट र परिमार्जित ड्युअल–टोन साइड क्ल्याडिङ दिइएको छ । नयाँ प्रिसिजन–कट अलोय ह्विलले गाडीलाई थप आकर्षक बनाएको छ । भित्र गाढा खैरो र कालो ड्युअल–टोन थिम प्रयोग गरिएको छ । मेटालिक सफ्ट टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट र प्लस लेदरेट सिट दिइएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ, पीएम२।५ फिल्टर, वायु गुणस्तर डिस्प्ले र एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जरजस्ता सुविधा पनि छन् । नयाँ ब्रेजामा २५.६५ सेन्टिमिटर अर्थात् १०.१ इन्चको टचस्क्रिनसहितको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट प्रणाली छ । यसमा इनबिल्ट इन्टरनेट कनेक्टिभिटी, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले उपलब्ध छ ।

आर्कामिसद्वारा ट्युन गरिएको प्रिमियम स्पिकर र ६४ रङमा मिलाउन सकिने एम्बियन्ट लाइटिङ पनि राखिएको छ । नयाँ ब्रेजामा अल्ट्रा हाई–टेन्साइल र हाई–टेन्साइल स्टिलको प्रयोग गरिएको कम्पनीले जनाएको छ । सुरक्षा सुविधाअन्तर्गत ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङ छन् । तीनवटा नयाँ भ्युसहितको ३६० डिग्री क्यामेरा र अगाडि–पछाडिका पार्किङ सेन्सरले पार्किङलाई सहज बनाउने कम्पनीको भनाइ छ । नयाँ सुजुकी ब्रेजाले भारत एनसीएपीमा वयस्क र बालबालिका दुवैको सुरक्षातर्फ ५–स्टार रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । नयाँ ब्रेजामा भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङ थपिएका छन् । यससँगै पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङमा पनि गाडी उपलब्ध हुनेछ । ड्युअल–टोन विकल्पमा ब्लुइस ब्ल्याक छानासहितको लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेड उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ ब्रेजा सुजुकी नेपालका अधिकृत सोरुमहरूमा उपलब्ध हुनेछ । ग्राहकले नजिकैको सुजुकी सोरुममा सम्पर्क गरी थप जानकारी तथा टेस्ट ड्राइभ बुकिङ गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *