श्री मनकामना साकोसद्वारा राहत कोषमा १ लाख ५१ हजार सहयोग
काभ्रे । बनेपा ५ घोकेचौरमा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले देशलाई दुःख परेका बेला सहयोगको हात अघि बढाएको छ । संस्थाले यही भदौं १० गते रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिले पुर्याएको अपुरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै खोज, उद्दार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यका लागि १ लाख ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
संस्थाको सञ्चालक समिति, कर्मचारीहरु तथा संस्थाबाट गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निधो गरेको अध्यक्ष गोपाल प्रसाद घिमिरेद्वारा जारी अपिलमा उल्लेख छ । मानवीय सेवामा हातेमालो गर्ने निर्णय गरेको र राष्ट्रलाई परेको संकटको समयमा सबैलाई सहयोगको अभियानमा जोडिन समेत अनुरोध गरेको छ । संस्थाले २०५२ सालमा स्थापित समुदायमा आधारित सदस्य केन्द्रित सहकारीका रुपमा परिचित छ । संस्थाले जारी गरेको अपिलमा भनिएको छ, ०८३ भाद्र १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण महानुभावहरुप्रति श्री मनकामना सहकारी परिवार हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
















