विपत्तिमा लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) साहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए । “त्यसैले दृढ संकल्प र सहासका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौँ,” उनले भने । प्रधानमन्त्री बालेनले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए ।















