गरिमा विकास बैंक लिमिटेडद्धारा शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
काठमाण्डौं । गरिमा विकास बैंकको आज बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२।८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पूँजी रु.६,०२,१३,४८,३६७।२२ (अक्षरुपी छ अर्ब दुई करोड तेह्र लाख अड्चालिस हजार तीन सय सतसट्ठी र पैसा बाईस मात्र) को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिने छ । हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैँया २२ पैसा चुक्ता पूजी रहेकोमा यस विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी बीसौँ वार्षिक साधारण–सभाबाट पारित भए पश्चात विकास बैंकको चुक्ता पूजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैँया ९४ पैसा कायम हुनेछ । काठमाण्डौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिएमसहित ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

















