हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा बाढी पीडितका लागि ३३ लाख ५३ हजार सहयोग
काठमाडौं। रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित भएका पीडितहरूको सहयोगका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ३३ लाख ५३ हजार १७ रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीका अनुसार यस रकममध्ये रु. २५ लाख हिमालयन इन्स्योरेन्सको आफ्नै तर्फबाट रहेको छ भने बाँकी रु. ८ लाख ५३ हजार १७ कम्पनीका कर्मचारीहरूले आफ्नो एक दिनको तलब स्वेच्छिक रूपमा योगदान गरेर जुटाइएको हो।
कम्पनीले बाढी पीडितको साथमा एकजुट भन्ने नाराका साथ यो सहयोग अभियान सञ्चालन गरेको जनाएको छ। कम्पनीले यस्तो विपद्को घडीमा एकजुट भई सहयोग गर्दा मात्र वास्तविक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरेको छ। हिमालयन इन्स्योरेन्सले भविष्यमा पनि यस्ता विपद्का बेला प्रभावितहरूको सहयोगमा तत्पर रहने प्रतिबद्धता जनाएको छ।

















