पञ्चशील सहकारीद्वारा रसुवा बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। संस्थाले २०८३ भदौ १० गते बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। रसुवा, नुवाकोट र धादिङलगायतका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत तथा उद्धारका लागि नेपाल सरकारले गरेको सहयोगको आह्वानप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले सहयोग गरेको जनाएको छ।

सहकारीले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ललितपुर जिल्ला, ललितपुर महानगरपालिका–१९, कुमारीपाटीमा रहेको छ। पछिल्लो समय रसुवाको बाढी प्रभावित क्षेत्रको राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था र निजी क्षेत्रबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *