डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने

काठमाडौं । क्रियाशील सदस्यता डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने भएका छन्। १५ औँ महाधिवेशनमा सहभागिताका लागि क्रियाशील सदस्यताको अनिवार्य डिजिटल अद्यावधिकको पक्षमा रहेको संस्थापन पक्ष उक्त अडानबाट पछि हटेको हो । पुसभित्र क्रियाशील सदस्यता नवीकरण गरेका तर डिजिटल अद्यावधिक नगरेकाहरू १५ औँ महाधिवेशनमा सहभागी हुनपाउने निर्णय कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले गरेको महामन्त्री गुरुराज घिमिरेले बताए । महाधिवेशनमा सर्वपक्षीय सहभागिता र निष्पक्षता सुनिश्चित गर्न कांग्रेसले उक्त निर्णय लिएको महामन्त्री घिमिरेले बताए । यसले विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत १५ औँ महाधिवेशनमा सहभागिताको बाटो खुला भएको घिमिरेले बताए ।

महामन्त्री घिमिरेले विशेष महाधिवेशनमा सहभागी हुन नखोजेको समूहको महत्त्वपूर्ण माग पूरा गरेसँगै पार्टीभित्रको विवाद समाधान गर्न संस्थापन पक्ष लचिलो रहेको बताए । केही समय अघिदेखि केही समय अघिदेखि क्रियाशीलको विषय विवादको विषयजस्तो देखिएको थियो । अद्यावधिक गर्ने र नगर्ने भन्ने दुईथरी पक्ष विपक्षजस्तो थियो, घिमिरले भने । महाधिवेशनमा सर्वपक्षीय सहभागिता सहभागिताको प्रत्याभूति र निष्पक्षताका लागि उक्त निर्णयमा संस्थापन पक्ष पुगेको उनले बताए । महाधिवेशनको निष्पक्षता र महाधिवेशनमा सर्वपक्षीय सहभागिताको सुनिश्चितता प्रत्याभूतिका लागि गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई अद्यावधिकको बाध्यकारी प्रक्रिया नअपनाउने सुविधा उपलब्ध गराउनुपर्‍यो भन्ने माग थियो । हाललाई महाधिवेशनको प्रक्रियाबाट वञ्जित नगर्ने निर्णय गर्‍यौँ । उहाँहरूले पनि डिजिटलाइजेसनमा प्रोसेस गर्नुपर्छ । तर अहिले महाधिवेशनमा सहभागी हुने व्यवस्था हामीले गरेका छौँ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको माग हाललाई सम्बोधन भएको उनले बताए । अन्य विषयमा समेत वार्ता सकारात्मक रहेको उनले बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *