बालकुमारी सहकारीको २७औँ स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम
भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन्। “आउनुहोस्, रक्तदान गरौँ, मानवीय सेवामा हातेमालो गरौँ, एक थोपा रगत कसैका लागि नयाँ जीवन” भन्ने भावनाका साथ ११४६ यंलाथ्वः पारू, २०८३ भदौ २७ गते शंखधरचोक (भा फल्चा), परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ३७ जना पुरुष र १३ जना महिला गरी जम्मा ५० जना रक्तदाताले रक्तदान गरेका थिए। रक्तदान गर्ने सम्पूर्ण महानुभावहरूलाई कार्यक्रमस्थलमै प्रमाणपत्र प्रदान गर्नुका साथै संस्थाको मायाको चिनोस्वरूप आकर्षक टी–सर्ट समेत प्रदान गरिएको थियो। संस्थाले आफ्नो स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। रक्तदानजस्तो मानवीय सेवामार्फत समाजमा सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

















