महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजमा अपार्टमेन्ट किन्दा मुक्तिनाथ विकास बैंकबाट कर्जा पाउने
काठमाडौं । मुक्तिनाथ विकास बैंक र गुड कर्मा ग्रुप अफ कम्पनीजबीच महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार बेसरेट ०.२५ प्रतिशत प्रिमियममै आवस कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् । कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ । यस सहकार्यबाट कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ । कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्याङ्कन, सम्पत्तिको मूल्याङ्कन, कानुनी तथा प्राविधिक परीक्षण र बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुनेछ ।

















