प्रभु लाइफले डाक्यो विशेष साधारण सभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी असार २३ गते विशेष साधारण सभा डाकेको छ । उक्त सभा सो दिन दिउँसो ११ः४५ बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा हुने छ । असार ७ गते बसेको कम्पनी सञ्चालक समितिले उक्त सभाको निर्णय गरेको हो । सभामा इन्स्योरेन्सले पुँजी वृद्धि लगायतको प्रस्तावमा छलफल गर्नेछ ।

साथै, सभाले इन्स्योरेन्सलाई कुनै कम्पनीसँग मर्ज गर्न तथा मर्जमा जान सञ्चालक समितिलाई अख्तियारी दिने समेत प्रस्ताव रहेको छ । सभामा जाने प्रयोजनको लागि इन्योरेन्सले असार १६ गते एक दिन बुक क्लोज गर्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *