बुढानिलकण्ठमा १ अर्बमा लक्जरी रिसोर्ट बन्दै

काठमाडौं । बुढानिलकण्ठ फरेस्ट हिल्सले एक अर्ब रुपैयाँ बढी लगानीमा लक्जरी हस्पिटालिटी र वेलनेस रिसोर्ट बनाउने भएको छ । कम्पनीले बुढानिलकण्ठमा १ अर्ब १० करोड ९० लाख रुपैयाँ लागतमा हस्पिटालिटी र वेलनेस रिसोर्ट बनाउने भएको हो । सन् २०१९ मा स्थापना भएको कम्पनीले ६३ वटा कोठा क्षमताको लक्जरी हस्पिटालिटी तथा वेलनेस रिसोर्ट निर्माण गरिरहेको छ । कम्पनीले ६३ वटा कोठामा ३३ वटा कोठा परम्परागत शैलीमा लक्जरी हस्पिटालिटी र ३० वटा कोठा वेलनेस तथा रिट्रिटमा आधारित सञ्चालन गर्नेछ । कम्पनीले शिक्षक तालिम, रिट्रिट, साउन्ड हिलिङ, आयुर्वेद, म्यूजिक थेरापी तथा कर्पोरेट वेलनेस कार्यक्रमहरुको सेवा दिनेछन् । कम्पनीले परियोजनाको लागत ऋण,इक्विटी अनुपात ५०,५० राखेको छ । हालसम्ममा ऋण व्यवस्थापको कार्य प्रक्रियामा रहेको छ । इक्विटी प्रतिबद्धताको ४७ प्रतिशत रकम लगानी भइसकेको छ । कम्पनीले आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ । साथै निर्माण ठेक्कासमेत प्रदान गरिसकेको छ । कम्पनीले ऋणको लागि ५५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको लगानीकर्ता तथा अध्यक्ष राजेन्द्र केसी हुन् । उनीसँग २६ वर्षभन्दा बढीको शिक्षा, संस्थागत विकास, कृषि, हस्पिटालिटी र सोसियल क्षेत्रको अनुभव छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *