पृथ्वी राजमार्गको गलौँदी खण्डमा राति सवारी आवागमन बन्द हुने
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ । थप मर्मत कार्य गर्न सोमबार रातिदेखि ६ घण्टा सडकखण्ड बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै भनेको छ । सूचनाअनुसार, सोमबार (असोज २६) राति ११ बजेदेखि मंगलबार बिहान (असोज २७) बिहान ५ बजेसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको हो । त्रिशूली नदीको कटानका कारण शुक्रबार सडक भासिएको थियो । सडक भासिएपछि ठप्प रहेको राजमार्ग मर्मतपछि आइतबार दिउँसोदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको थियो ।

















