आज कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा हुने महाशाखाको पूर्वानुमान छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहानपख तराई भूभाग, उपत्यका तथा खोँचहरुमा हुस्सु वा कुहिरो लागेको छ । यो हुस्सु–कुहिरो केहीबेरमै हट्दै जानेछ । राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सफा रहने पूर्वानुमान छ । आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *