प्रश्न उठाउने नागरिकमाथिको धरपकडलाई समर्थन गर्न सकिँदैन : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिबारे प्रश्न उठाउने नागरिकलाई सरकारले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरी पछि छाडिएको भन्दै यस्ता कार्यको समर्थन गर्न नसकिने जनाएका छन् ।

उनले लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्र नभई योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत ध्यान दिनुपर्ने बताएका छन् । आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेका छन्, पौडेलले लेखेका छन्, ती प्रश्नको जवाफबिना सरकारले न नियुक्तिको औचित्य पुष्टि गर्न सक्छ, न छनोटका आधार बताउन सक्छ । लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गर्दै पौडेलले यस्तो संस्थाको नेतृत्व चयनमा गम्भीरता अपनाउनुपर्ने धारणा राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *