डिसहोममार्फत एनपीएल सिजन ३ का खेल एचडीमा अतिरिक्त शुल्कबिना प्रत्यक्ष हेर्न पाइने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का खेलहरू डिसहोम डीटीएच तथा आईपीटीभीमार्फत अतिरिक्त शुल्कबिना एचडी गुणस्तरमा प्रत्यक्ष हेर्न पाइने भएको छ । डिसहोमका एक्टिभ डीटीएच तथा आईपीटीभी ग्राहकहरूले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टुमार्फत एनपीएलका खेलहरू प्रत्यक्ष हेर्न सक्नेछन् । त्यसका लागि ग्राहकको सदस्यता एक्टिभ हुनुपर्नेछ । सदस्यता अवधि समाप्त भएका ग्राहकहरूले खल्ती तथा इसेवामार्फत रिचार्ज गरेर खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् ।

दुई खेल हुने दिनमा दिउँसो १२:३० बजे र साँझ ५:०० बजेबाट खेलहरूको प्रत्यक्ष प्रसारण हुनेछ । डिसहोममार्फत क्रिकेटप्रेमी दर्शकहरूले एनपीएल सिजन ३ का चौका, छक्का र विकेटलगायतका रोमाञ्चक क्षण घरमै बसेर एचडी गुणस्तरमा हेर्न सक्नेछन् । डिसहोमले ‘एनपीएल सिजन ३, क्रिकेटको जोश, डिसहोमको साथ’ भन्ने नारासहित क्रिकेटप्रेमी दर्शकहरूलाई सेवा उपलब्ध गराएको जनाएको छ । थप जानकारीका लागि ग्राहकहरूले डिसहोमको ग्राहक सेवा वा आधिकारिक डिजिटल माध्यममा सम्पर्क गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *