वैभवीले बैंककमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्ने

काठमाण्डौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा हुने बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिष्पर्धा गर्ने भएकी छन् । बैंककस्थित फेसन आइल्याण्डको स्पोर्ट्स हलमा हुने सो प्रतियोगितामा ११ वर्षीया वैभवीले क्योरुगी र पूम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् । कात्तिक २८ गतेदेखि शुरु हुने सो प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, फिलिपिन्स, इन्डोनेशिया, भियतनाम, कम्बोडियालगायतका खेलाडीले सहभागिता जनाउने छन् । वैभवीले हालैमात्र थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्ताराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी थिइन् । वैभवी असोज दोस्रो सातादेखि बैंककमा रहेर तेक्वान्दोको प्रशिक्षण लिइरहेकी छिन् । वैभवीलाई बैंककस्थित अल स्टार तेक्वान्दो एकेडेमीले अनुबन्ध गरेसँगै उनले यसै एकेडेमीबाट उक्त प्रतियोगितामा सहभागीता जनाएकी थिइन् । वैभवीलाई केही अघिमात्र तेक्वान्दो एसोसिएसन अफ थाइल्यान्डले सदस्यता पनि प्रदान गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *