सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध ९ उजुरी
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चारजना न्यायाधीशरविरुद्ध नौवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित न्यायाधीशविरुद्ध नौवटा उजुरी परेको जानकारी दिए । यसअघि कात्तिक २६ मा सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्बाट सर्वोच्चको न्यायाधीशमा सिफारिस चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । सोहीअनुसार उजुरी आह्वान भएको थियो । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षताको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा। रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
















