मन्त्रिपरिषद् बैठकद्धारा महँगी नियन्त्रण आदेश स्वीकृत, दुई अध्यादेश सिफारिस

काठमाडौं । मन्त्रिपरिषद् बैठकले महँगी नियन्त्रण आदेश २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बासेको बैठकले महँगी नियन्त्रण आदेश स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेका अध्यादेश र संस्कृति, पर्यटन र नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए । बैठकले एसियाली विकास बैंकले सडक सुधारका लागि दिने २५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न पनि बैठकले स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्ले कृषि उत्पादन बढाउनका लागि न्यायो फर्टिलाइजर, बायो स्टुभुलेन्ट र व्यावसायिक रूपमा उत्पादन हुने जैविक तथा प्रारांगिक मललाई आवश्यक पदार्थको सूचीमा समावेस गर्ने पनि निर्णय गरेको छ । टर्कीमा कात्तिक २३ देखि मंसिर ४ गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय महासन्धिमा पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन कोप ३१ मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ । यस्तै मोही लागेको जग्गावाला र मोहीले जग्गा बाडफाँट गरी जग्गा लिन निवेदन दिनुपर्ने तथा त्यस्तो जग्गाको मोही र जग्गावालाबीच जग्गा बाडफाँट गरी टुंगो लगाइसक्नुपर्ने अवधि क्रमशः २०८३ कात्तिक र २०८६ सम्म थप गर्नेगरी नेपाल राजपत्रमा सूचना प्रकासन गर्ने पनि निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *