ल है हजूरहरू मौकामा चौका दाउ त हान्नै पर्ने पो रहेछ !

(१) महङ्गी बढेको छ,इमानदार झ्यालखानामा छन मतलब छैन तर क्रिकेटमा जित हारको तमाशामा युवा लठ्ठीएका छन,ए युबा हो ! ए जनता हो ! यसैगरि यता रनभुल्लमा परिराख्नु उता नेताले देश टुक्राटुक्रा पारेर बेची सक्नेछन्, (कमलेश पाण्डे,ई.सं.१९९४ को चर्चित हिन्दी चलचित्र तेजस्वीनीको सम्बाद लेखक,उक्त चल चित्रको एक सम्बाद)। स्वच्छ खानेपानीको ब्यवस्थापन गर्नेछु भनेर निर्वाचन जितेर मुख्य मन्त्री बनेकाले खोला भौडिमा उल्टै निजि कारखानाको फोहोर मिसिएर पानी प्रदुषण भएको गुनासो गर्न गएका जनतालाई तिमीहरूले मत नदिए म अर्को पल्ट निर्वाचन क्षेत्र नै परिवर्तन गर्छु,चुनाव जित्नसम्म तिमीहरू चाहिन्छ सरकार चलाउन त म गुन्डाहरु परिचालन गर्छु जाओ जाओ कराओ केही अर्थ छैन, जस्ता सम्बाद केही महिना अघि एक तामिल हिन्दी डविङ्ग गरेको भारतीय चलचित्रको एक क्लिप मोबाइलमा हेरेको थिएँ । साहित्य,कला,नाटक सबैमा राज्यको राजनीतिको अलिकति भएपनि प्रभाव पर्छ । फाटेको गञ्जी पहिरिएर निर्वाचनमा मत हाल्नेको लामो लाईन हुँदैमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर मानिएको भारतमा लोकतान्त्रिक व्यबहार परिष्कृत हैन बरु झन झन प्रदुषण एवं ध्वस्त हुँदै गइरहेको र प्रजातन्त्र एक भ्रम,इल्लुजन पो हो कि भन्ने अनुमान गर्न सकिन्छ । मैकियावेली करण,चङ्गेजखान करण,केही कर्पोरेट्को जसरी हुन्छ नाफा,लूटकरण आदि इत्यादी करण,हुँदै गइरहेको प्रजातन्त्रको आवरणमा देखिएका बर्तमान वैश्विक राजनीतिज्ञको व्यबहारले विश्वमा एड्भान्स डेमोक्रेसी को कुरा गर्नु बरु ननसेन्स डेमोक्रेसी तिर उन्मुख हुन लागेको अहिलेको भ्रमित डेमोक्रेसी चाहिँ घिटी घिटी अवस्थामा पुग्न लागेको,कुर्सीमा मान्छे बदलिएर के नहुने यो ब्यवस्थामा नै छिद्र छ कि भनेर बहसको शुरूवात भएको सूनिन्छ । र नेपालमा राष्ट्रिय पुजीवाद,अलिकति साम्यबाद,समाजबाद्को मिश्रण भएको राजा श्री ५ महेन्द्रको पञ्चायत जनतन्त्रको चर्चा हुन थालेको र यो पञ्चायत जनतन्त्र चीनको गभर्न्यान्स अर्थात चिनका मिडियाले भन्ने गरेको सोसलिस्ट डेमोक्रेसी,तिब्बतमा धर्मसहितको मोड्रेन डेमोक्रेसीसँग मिल्दो जुल्दो छ र विश्वमा समेत बहसमा आएको भनेर गाईगुई सुनिन थालेको पाइन्छ ।
(२)मैले वेवकुफि काम गरेर अब के गर्ने भनेर समाधान माग्न गएमा यति बुझ्ने मान्छे तिमी त समयमै उपचार खोज्दैनौ हरे ! भन्दै मेरो अवकाश उमेरबारे म आफुपनी अधिवक्ताको इजाजतपत्र धारी भएकाले अब मुद्दा हाल्नु पर्ला भन्ने सन्द्धर्भमा सल्लाह माग्न जाँदा मलाई सधैँ माया गर्ने नेपाल सरकारका पुर्व सचिव श्री रामकुमार आचार्यसँग ६० वर्ष अवकाश उमेर कायम हुने कुरामा प्रम केपि तयारीमा छन भनेर सुनेकोले ढुक्क भएको थिएँ भनेर सुनाए पछि माथिको कुरामात्र गर्नु भएन यो वकालतमा लागेर कालो कोट लाइस भने म कहाँ नआइज समेत भन्नू भयो । एकजना कार्यरत न्यायाधीशले समेत सरको मुल्य मान्यताको स्वभावैले वकालत तिर नलाग्न सल्लाह दिनु भयो । ६० वर्षको त्यसबेलाको चर्चालाई कथा बनाउनेहरुले हामी ६० वर्ष भइदिए हुने थियो भन्नेहरुको लागि शुभकामना दिनु भयो कि दिनु भएन थाहा नभएपनि उहाँहरुचाहिँ ३०(५५ वर्षको सिकार नबन्नु होस् भनेर म विनम्र शुभकामना दिन्छु । पुर्व प्रम गिरिजाप्रसाद कोइरालाले अफ्नो प्रथम प्रम कार्यकालमा पुराना अनुभवी दक्ष प्रशासकहरुलाई पजनी गर्नुपर्ने थियो र ? ६० वर्षे आकाक्षी हामीलाई निराश बनाउनुपर्ने थियो र(नजिर कायम भएपछि अरूले त्यसैको प्रयोग गर्छन् अनुकुल हेरेर जुन कुरा गर्नु हुन्न र यस्तो अब नहोस भन्ने फेरि पनि शुभकामना ! ।।। र, मैले स्व भिनाजु पुर्व प्रन्या।केशवप्रसाद उपध्याय तिमल्सिनाको सादगिलाई सम्झेर म किन ओहो किल हुन सकिन भन्ने जनाआस्थामा प्रकाशित आफ्नो लेख सम्झदै गर्दा अनि राज्यका विभिन्न अङ्गका राजनीतिक एवं ब्यवस्थापकीय पदाधिकारीले आचारमा अशुद्धता स्वतः आर्जन गरेका हुन कि अरुले सिकाएका हुन भन्ने जिज्ञासा समेत मनले खोतल्न थाल्छ । विद्यार्थी जीवनमा बिचारप्रधान र साहित्यक पत्रीकाको सम्पादन गरेको र अहिले कुनै बेला आफुले लेखको प्ररिश्रमिक लिए पछि मैले चिया पाउरोटी ख्वाएका पत्रकार साथीहरूको स्तर हेर्दा हिनताबोध हुन्छ र हैट म पत्रकार भएको भए के गर्थेँ होला,सञ्चार स्वतन्त्रताको सीमालाई कसरी आफनै पाराले निर्धारण गर्थेँ होला भन्ने सोच पनि आउँदा अहिले परेको पानीको बाछिटाले बिगत २५ वर्ष देखि पत्रीका डुलाएर गुजारा गर्ने पत्रीका बाजे को नामले परिचित गणेश तिमल्सिनाले मोरू ५र. पर्ने जुनसुकै दैनिक (कहिले कुन कहिले कुन) बटारेर आँगनमा बाटोबाट मिल्क्याईदिनु भएकोमा हावा चली आएको बाछिटाले निथ्रुक्कै भिजेकोले पुरानै सौर्य दैनिक तथा असोज २२ को सत्याग्रह साप्ताहिक र नाति शौरभषण ढुङ्गेलले निजको प्रधान सम्पादनमा निस्केको एग्रोटायम्स पढेपछि कृषिको सबै कुरा समेटिएको उक्त पत्रीकाले स्वदेशमा केही गरि खान युवाहरूलाई प्रेरित गर्छ भन्ने लाग्यो । सत्याग्रहमा प्रकाशक सम्पादक सीताराम ढुङ्गेल (सीरा अगस्त्य)ले बीपीले सोभियत संघको आर्थिक समानताको प्रसंसा गरेर राजनितीक स्वतन्त्रता भै दिए राम्रो हुने बिचार व्यक्त गर्नु भएको कुरा सहित नयाँ सभापति गगन जो हिजो आफू समाजबादी नभएको भन्नू हुन्थ्यो अब आफुलाई मार्क्सवादी एवं समाजबादी दावी गर्नु हुने बीपीको बिचारलाई कसरी अगि बढाउनु हुन्छ ? भनेर जिज्ञासा राख्नु भएर समाजबादी कम्युनिस्टसँग सहकार्य गर्नेकी रास्वपा र राप्रपा पो प्रजातान्त्रिक हुन भनेर यीनीहरुसँग सहकार्य गर्ने हुन गगनले भनेर थप जिज्ञासा समेत राख्नु भएको रहेछ ।


(३) बिहान चिया पशल वा डुल्न हिडेमा सुदन र बालेनले सत्ता छोडनु परेमा प्रतिनिधि सभा विघटन गरेर अन्तरिम प्रम गगनलाई बनाउने हल्ला पनि सुनिन्छ । मैले प्रतिनिधि सभामात्र विघटन हुन नसक्ने बरु विघटन गरिएको प्रतिनिधि सभालाई जेनजी का प्रतिनिधि सदस्य राखेर वि.सं. २०८४ मा सबै तहको चुनाव गराउने तथा जेन जी अन्तरिम सांसदबाट पनि प्रममा संसदमा उम्मेदवारी दिन सक्ने गरि संविधान संशोधन गरेर अन्तरिम संसद बनाउ भनेर पुर्व प्रम सुशीला कार्की सरकारलाई प्रकाशित लेखमार्फत विकल्पको सुझाव दिएकै हूँ क्यारे ! पुर्व मन्त्री प्रकाशचन्द्र लोहनीले स्थानीय निर्वाचन दल रहित गरौँ भन्दा एमाले नेता मदन भण्डारीले प्रजातन्त्रको भर्खर पुनःस्थापन भएकोले राजनीतिक दलको अस्तित्व तल्लो तहमा(स्थानीय स्तरमा पुर्याउनु पर्छ भनेर भन्नू भएर नेकाले पनि सहमति जनाए पछि दलिय स्थानीय निर्वाचन शुरु भएको भन्ने चर्चा चलेको थियो भनेर मैले आफ्ना गन्थन प्रकाशित गर्दा निर्दलीय स्थानीय ठिक हुन्थ्यो कि भन्ने मेरो आशय सम्झदा अब भने दलहरुले आफुलाई शुद्धीकरण गर्नु पर्ने आवश्यक भएकाले सदाचारी दलीय उम्मेदवारीको प्रतिस्पर्धा मतदातालाई हेर्न यहि ब्यबस्था रहुञ्जेल निर्दलीय नगर्ने कि ? भन्ने मेरो ब्यक्तिगत निचोड मात्र हो ।
(४) यी सबै कुराले गर्दा हैट ! अब पेन्सनले धान्न सकिन्न,यश पृथ्वीमा जतिञ्जेल बसिन्छ त्यतिञ्जेलको लागि भएपनी पत्रकार,ओहो किल,सेटरबेटर,मिचौलिया,घिचौलिया, थिचौलिया,किचौलिया लगायत केहि त बन्नु पर्छ कि जस्तो लाग्छ,जागीर दिने हो हजूर मलाई ? ! तर म चोर चाहिँ बन्दिन है किनकि कोरोनाको ३ खोप लाएपछि रूघा निको हुन ! महिना लाग्न थाल्यो, चोर खोक्न थाले,साधु सन्तले सेविका राख्न थाले आपत आईलाग्छ भन्ने हिन्दीमा सुनेको थिएँ । मरूँ पर मागूँ नहीँ,अपने तन के काज । परमारथ के कारनै,मोहि न आवै लाज (कविर साहब,भारत)।। सादर नमस्कार ! (छबिचित्र सौजन्यः म आफैँबाट) । (मिति वि.सं.२०८३ कार्तिक १४ गतेको सामाजिक सञ्जालको भित्ताबाट)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *