संसदीय विशेष समिति बैठक आज बस्दै

काठमाडौं । भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा बस्नेछ । बैठकमा भोटेकोसी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्का सम्बन्धमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *