‘चिरञ्जीवी भवः’ र ‘सारथी’को गीत ‘सार्वजनिक’

काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । ‘जाले रुमाल’ बोलको गीतमा शब्दरचना दीपकप्रसाद आचार्यको छ । स्वर रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको छ । संगीत बाबुल गिरीको छ । लोकलयको गीतमा युवक र युवतीले गरेको दोहोरी छ । रुपका कारण एकअर्काप्रति आकर्षित भएका युवक र युवतीले आफ्नो सौन्दर्यलाई मायाको सुरुवाती बिन्दू मानेको प्रसंग गीतमा छ । गीतमा केही ठेट मौलिक शब्द प्रयोग गरिएको छ । गीतको भिडियोमा विवाहको सेटअप छ । आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीको विवाहको सेटअपमा परिवारको रमाइलो देख्न सकिन्छ । ‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।

निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को चलचित्र ‘चिरञ्जीवी भवः’ माघ १ गतेबाट रिलिज हुँदै छ । यसैबीच, अर्को चलचित्र ‘सारथी’को गीत ‘मयाली’ सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । प्रशान्तकै शब्द र संगीत रहेको गीत प्रेम कथामा आधारित छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको नृत्य छ । यो चलचित्र कुमार गजुरेलको निर्देशनमा मंसिर ११ गते प्रदर्शन हुनेछ । सिनेमाको कुमार गजुरेलको कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेलले नै तयार पारेका छन् । सिनेमामा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापालगायतको अभिनय छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *