एक सुकाको पनि लेनदेन भएको छैन, अनुसन्धानबाट दूधको दूध पानीको पानी छुट्याइयोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन नभएको स्पष्ट पारेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन नभएको बताएका हुन् । ‘हाम्रो पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन,’ उनले भनेका छन् । इनम सापकोटाले भनेकै आधारमा जवाफ दिइरहन आवश्यक नभए पनि केही विषय स्पष्ट पार्नुपर्ने भएकाले आफूले धारणा सार्वजनिक गरेको उनले बताए । ‘हामीले चाहेको राम्रो अनुसन्धान होस् भन्ने हो । अनुसन्धानले दूधको दूध, पानीको पानी छुट्टिन्छ । हामी त्यसकै प्रतीक्षामा छौं,’ उनले भने । उनले आफू कुनै कमजोर नैतिक धरातलमा नरहेको दाबी गर्दै आफ्ना हात सफा रहेको बताएका छन् । ‘ढुक्क हुनुहोस्– म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति– कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन । मेरा हात सफा छन्,’ उनले भनेका छन् । उनले गलत प्रश्न आफूलाई नभई सम्बन्धित ठाउँमा सही प्रश्न सोध्न पनि आग्रह गरेका छन् । ‘गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौं,’ उनले थप लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *