हुलास फिनसर्वको नाफा १५२ प्रतिशतले बढ्दा ३ महिनामा कमायो १४ करोड ७६ लाख

काठमाडौं । हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनी हुलास फिनसर्व हायर पर्चेजले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासमा नाफामा उच्च वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा खुद नाफा १५२.६५ प्रतिशतले बढेर १४ करोड ७६ लाख ६९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासमा कम्पनीको नाफा ५ करोड ८४ लाख ४८ हजार रुपैयाँ मात्र सीमित थियो । कम्पनीको व्यापार विस्तार र कर्जा लगानीमा भएको आक्रामक वृद्धिका कारण खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार आएको छ । कम्पनीको खुद ब्याज आम्दानी ८१.५५ प्रतिशतले बढेर १६ करोड ७४ लाख ४४ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ९ करोड २२ लाख २७ हजार रुपैयाँ थियो । कम्पनीको फि तथा कमिसन आम्दानी पनि १६ करोड १३ लाख रुपैयाँबाट बढेर १९ करोड १८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन नाफा १० करोड ६७ लाखबाट बढेर २१ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीले ग्राहकहरूलाई १४ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ ।

नाफामा आएको उच्च वृद्धिसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा समेत आकर्षक सुधार आएको छ । गत वर्षको पहिलो त्रैमासमा २८ रुपैयाँ १७ पैसा रहेको प्रतिसेयर आम्दानी बढेर ७१ रुपैयाँ १७ पैसा पुगेको छ । यसका साथै कम्पनीको खराब कर्जा (एनपिएल) ३.४६ प्रतिशतबाट घटेर १.९० प्रतिशतमा झरेको छ भने कर्जा नोक्सानी व्यवस्था कभरेज अनुपात बढेर ८१.६१ प्रतिशत कायम भएको छ । हाल ८३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित मुनाफा ८८ करोड ५० लाख रुपैयाँ र साधारण जगेडा कोष ३१ करोड १६ लाख रुपैयाँ रहेको छ। यससँगै कम्पनीको कुल इक्विटी २ अर्ब २ करोड ६७ लाख रुपैयाँभन्दा माथि पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ १९ पैसा कायम भएको छ । कम्पनीको इक्विटीमा प्रतिफल (आरओई) २९.१४ प्रतिशत, कोषको लागत ५.१६ प्रतिशत र स्प्रेड रेट ३.६३ प्रतिशत रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *