नेशनल लाइफ विराटनगर शाखाका उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विराटनगर शाखाले आर्थिक वर्ष २०८२।८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। शाखाले वार्षिक कार्यक्रम आयोजना गरी व्यक्तिगत व्यापार तथा सञ्जाल विस्तारतर्फ उत्कृष्ट नतिजा हासिल गर्ने अभिकर्ताहरूलाई प्रमाणपत्र र ट्रफीसहित सम्मान गरेको हो। विराटनगरस्थित कञ्चनजङ्घा ब्याङ्क्वेटमा आयोजित सम्मान कार्यक्रममा शाखा प्रमुख अमित कुमार कर्णको अध्यक्षता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८२।८३ मा मेहनत, लगनशीलता र निरन्तर प्रयासमार्फत उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा व्यक्तिगत व्यापारतर्फ लता लाभ प्रथम भएकी छन्। त्यसैगरी निरञ्जन मल्लिक दोस्रो र केशवप्रसाद भट्टराई पनि उत्कृष्ट अभिकर्ताका रूपमा सम्मानित भएका छन्। त्यस्तै सञ्जाल (नेटवर्क) तर्फ चन्दाकुमारी रविदास प्रथम भएकी छन्। साहिल टेलर दोस्रो र संगमलाल चौधरी तेस्रो भएका छन्। उनीहरूलाई कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार राईले प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरेका थिए। यसैगरी कार्यक्रममा प्रत्येक महिना उत्कृष्ट व्यवसाय गर्न सफल १२ जना अभिकर्तालाई ‘टप अफ द मन्थ’ अवार्ड प्रदान गरी पुरस्कृत गरिएको थियो। मासिक रूपमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूको योगदानको कदर गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले उक्त सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्रकुमार राईले बीमा व्यवसाय अत्यन्तै उत्कृष्ट र सम्भावनायुक्त पेसा भएको बताए। उनले यस क्षेत्रमा सफल हुन निरन्तर मेहनत, धैर्य, लगनशीलता र सेवाभाव आवश्यक रहेको उल्लेख गरे।
बीमा व्यवसायको विस्तार तथा कम्पनीको व्यावसायिक वृद्धिमा अभिकर्ताहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै राईले अभिकर्ताहरूले ग्राहकलाई बीमाको महत्त्व बुझाउँदै विश्वासिलो सेवा प्रदान गर्नुपर्नेमा जोड दिए। अभिकर्ताको सक्रियता र समर्पणले नै बीमाको पहुँच विस्तार गर्न तथा कम्पनीलाई थप उचाइमा पु¥याउन सहयोग गर्ने उनको भनाइ थियो। कार्यक्रममा प्रशिक्षक डा. बीपी रेग्मीले अभिकर्ताहरूलाई उत्प्रेरणामूलक प्रशिक्षण दिएका थिए। उनले व्यक्तिमा दृढ इच्छाशक्ति, सकारात्मक सोच र निरन्तर प्रयास भएमा जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिने बताए। बीमा व्यवसायमा कसरी सफल हुने, ग्राहकसँग प्रभावकारी सम्बन्ध कसरी स्थापित गर्ने र आफ्नो व्यावसायिक क्षमता कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा उनले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा उनले अभिकर्ताहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन, नयाँ सम्भावनाको खोजी गर्न र आत्मविश्वासका साथ अघि बढ्न प्रेरित गरेका थिए। कार्यक्रमको अन्त्यमा सभापति एवं विराटनगर शाखा प्रमुख अमितकुमार कर्णले आर्थिक वर्ष २०८२।८३ मा अभिकर्ताहरूले हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै सबैलाई धन्यवाद व्यक्त गरे। उनले अभिकर्ताहरूको मेहनत, सक्रियता र योगदानकै कारण शाखाले व्यावसायिक गतिविधिलाई अगाडि बढाउन सकेको उल्लेख गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूको योगदानको सम्मान, उनीहरूलाई थप हौसला प्रदान गर्ने तथा आगामी दिनमा बीमा व्यवसाय विस्तारका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ। भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएको छ।

















