कामना सेवाको २०औँ वार्षिकोत्सवमा बृहत रक्तदान कार्यक्रम सम्पन्न,४०४ पिन्ट रगत संकलन

काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममार्फत कुल ४०४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। यस अवसरमा बैंकका प्रमुख व्यवसाय अधिकृत दिपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरे। बैंकको केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको कावासोती शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंकमा र पश्चिम क्षेत्रको घोराही तथा महेन्द«नगर शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिति थियो। बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरीय फुटलस कप छैठौं संस्करण पनि आयोजना गरेको थियो। उक्त प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *