सूर्य नेपालद्वारा जीतपुरसिमरा उपमहानगरपालिकालाई दमकल हस्तान्तरण

काठमाडौं । सूर्य नेपाल प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिकालाई एक अत्याधुनिक दमकल हस्तान्तरण गरेको छ । यस सहयोगले आगलागी तथा विपद्का घटनामा शीघ्र उद्धार तथा आपत्कालीन सेवा प्रदान गर्न स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । समुदायको सुरक्षा तथा दिगो विकासप्रति कम्पनीको प्रतिबद्धताअनुरूप प्रदान गरिएको यस सहयोगले हजारौँ स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास गरिएको छ । सूर्य नेपाल प्रा.लि.ले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा शिक्षा, सीपमूलक तालिम, प्रकृति संरक्षण, स्थानीय पूर्वाधार विकास, नेपाली कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन एवं सामुदायिक विकासका अन्य विविध क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन तथा सहयोग गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *