नेशनल लाइफको जीवन बीमा कोष १५.८२ प्रतिशतले बढ्यो
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमासिक (साउन–असोज) सम्ममा जीवन बीमा कोषमा १ खर्ब ८ अर्ब ४५ करोड २६ लाख रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो वर्षको यही अवधिसम्ममा जीवन बीमा कोषमा ९३ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार १५.८२ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ३९ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ५ अर्ब ७२ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २९.३१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी असोज मसान्तसम्ममा कम्पनीले ७ अर्ब १९ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
अघिल्लो वर्ष कम्पनीले ५ अर्ब ५२ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३०.१३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीको नाफा भने घटेको छ । कम्पनीले असोजसम्ममा १२ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले १४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा १०.७९ प्रतिशतले घटेको छ । चुक्तापुँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिमा महाविपत्ति कोषमा ७५ करोड ८५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६० करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ करोड ६७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा ७४ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४८ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ५६ लाख रुपैयाँ थियो ।

















