होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजना मंसिर १४ सम्म थप
काठमाडौं । नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैं लक्षित योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत पहिलो तीन हप्ताका विजेताहरूको नाम घोषणा गरेको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता र आकर्षणलाई मध्यनजर गर्दै कम्पनीले उक्त योजनाको समयावधि आगामी मंसिर १४ गतेसम्मका लागि थप गरिएको समेत जनाएको छ । चाडपर्वको उल्लासलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यका साथ कम्पनीले ‘सहयोगको संकल्प’ र ‘होण्डा छ साथ साथ’ नामक विशेष अभियान सञ्चालन गरिरहेको छ । यस योजनाअन्तर्गत लक्की ड्र मार्फत सातै प्रदेशबाट हरेक हप्ता एक–एक जना विजेता छनोट गरी एक लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ । योजनाको विशेष पक्षका रूपमा विजेताहरूले प्राप्त गर्ने पुरस्कार रकम बराबरकै थप रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो हप्ताको लक्की ड्रमा प्रदेश १ बाट रामचन्द्र न्यौपानेले १० हजार, प्रदेश २ बाट अफजल मियाँले एक लाख, प्रदेश ३ बाट गोकुलप्रसाद ओलीले १० हजार, प्रदेश ४ बाट बिज्ञान लामाले १० हजार, प्रदेश ५ बाट कृष्णबहादुर खड्काले १० हजार, प्रदेश ६ बाट पदमबहादुर शाहीले ५० हजार तथा प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादवले १० हजार रुपैयाँ जितेका छन् ।
त्यसैगरी, दोस्रो हप्ताअन्तर्गत प्रदेश १ बाट विकासकुमार यादवले १० हजार, प्रदेश २ बाट सुन लामाले १० हजार, प्रदेश ३ बाट राजु महर्जनले २५ हजार, प्रदेश ४ बाट बलराम थापाले ५० हजार, प्रदेश ५ बाट पुष्पा थारुले १० हजार, प्रदेश ६ बाट मानसिंह दाहालले एक लाख र प्रदेश ७ बाट विनिता पाठकले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राईले ५० हजार रुपैयाँ जितेका छन् भने प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव, प्रदेश ३ बाट दिशान्त विष्ट, प्रदेश ४ बाट मनोज घिमिरे, प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी, प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रदेश ७ बाट जुजेस्टर राणाले समान १० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । कम्पनीले सम्पूर्ण विजेताहरूलाई उनीहरूले जितेको रकम हस्तान्तरण गर्नुका साथै ‘सहयोगको संकल्प’ अनुरूप सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी दिएको छ । योजनाको म्याद थपिएसँगै अझ धेरै ग्राहकहरूले यसमा सहभागी भई लाभ लिन सक्ने अपेक्षा गरिएको छ । स्याकार ट्रेडिङ्ग कम्पनीले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकहरूले देखाएको अपार माया र विश्वासका लागि कृतज्ञता समेत व्यक्त गरेको छ ।


















