दमकको भाटभटेनी मंसिर ५ देखि सञ्चालनमा आउने
काठमाडौं । झापाको दमकमा रहेको भाटभटेनी सुपरमार्केट आगामी मंसिर ५ गतेदेखि सञ्चालनमा आउने भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको लुटपाट तथा आगजनी पश्चात बन्द रहेको भाटभटेनीको दमक शाखा मंसिर ५ देखि सञ्चालनमा आउने भएको हो । लामो समयदेखि सञ्चालनको प्रतीक्षामा रहेको दमक शाखा पुनः सञ्चालनमा आउने भएसँगै स्थानीय उपभोक्तामा उत्साह थपिएको छ । गत कार्तिक १९ मा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका छोराबुहारीले विधिपूर्वक रुद्री तथा चण्डी यज्ञसहित पूजा–अर्चना गरेका थिए ।


















