बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा सरकारले नबिल बैंकलाई सम्मान गरेको हो । बैंकले आर्थिक वर्ष २०८१।८२ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको थियो । सोही योगदानको कदर गर्दै सरकारले नबिल बैंकलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो । नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंकसमेत हो । आयकर ऐनको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो करयोग्य आयमा ३० प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *