सनराइज बैंकले दियो विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
काठमाडौँ । सनराइज बैंकले बर्दिबासका विपन्न विद्र्या्र्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ५० जनालाई शैक्षिक सामग्री वितरण गरेको हो। कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।
बैंकको मधेश प्रदेश प्रमुख दीपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्गबहादुर सिंहले संयुक्त रुपमा सामग्री वितरण गरेका हुन्। बैंकले विद्र्या्र्थीहरुलाई विद्यालय जान प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बैंकलाई धन्यबाद दिए ।