कामना सेवाको शाखारहित बैंकिङ्ग सेवा सलकपुरमा

काठमाडौँ । कामना सेवा विकास बैंकले इलाम जिल्लाको सलकपुरमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात वडा नं. ०६ का वडा सदस्य धिरज राईले गरेका थिए । बैंकले सलकपुरस्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *