कन्सुलर कर्पस् नेपालको डिनमा श्रेष्ठ निर्वाचित

काठमाडौँ । अनोररी कन्सुलर कर्पस् नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन् । कन्सुलर कर्पस् नेपालमा रहेका विभिन्न मुलुकका वाणिज्य दूतहरुको छाता संस्था हो । राजधानीमा आयोजित कप्र्सको १५औं वार्षिक साधारणसभा एवं स्थापना दिवको अवसरमा श्रेष्ठलाई सन् २०२२–२३ का लागि डिनमा निर्विरोध निर्वाचित गरिएको हो ।

हाल नेपालमा संसारका ५५ देशका प्रतिनिधिका रुपमा कन्सुलरहरुले जिम्मेवारी सम्हालिरहेका छन् । नेपालस्थित कन्सुलरबाट सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्ध, उद्योग, व्यापार व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभुषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता विषयमा काम हुँदै आएको छ । सम्बन्धित मुलुकसँग सिधा सम्पर्क र नजिक रहेर ति मुलुकहरुको प्रवद्र्धन र सम्बद्र्धनका निम्ति काम गरिरहेको कप्र्सले जनाएको छ । कप्र्सले नेपालको सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ र व्यावहारिक बनाउँदै आर्थिक कुटनीतिमा विशेष जोड दिँदै आएको छ । कर्प्सले दुई देशीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहेको भन्दै आगामी दिनमा कप्र्सका गतिविधिलाई अझ सशक्त ढंगबाट अगाडि बढाउने नवनिर्वाचित डिन श्रेष्ठले बताए । कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले कन्सुलर कर्पस्ले निर्वाह गरेको भूमिकाको उच्च प्रसंशा गर्दै उनीहरुले वैदेशिक व्यापार अभिवृद्धिसँगै दुई देशीय सम्बन्धलाई विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।

आर्थिक कुटनीतिलाई बलियो बनाउन नेपालस्थित कन्सुलरहरुले आआफ्नो तर्फबाट उल्लेखनीय योगदान पु¥याएको भन्दै यसलाई अझ सशक्त बनाउन उनले आग्रह गरे । सो अवसरमा परराष्ट्रमन्त्री खड्काले कप्र्सले राखेको सबै मागहरुमा आफू सकारात्मक रहेको र त्यो पूरा गर्ने बचन दिए । कप्र्स र मन्त्रालयबीचको सम्बन्ध एकआपसमा परिपूरक हुनुपर्ने भन्दै खड्काले विगतका दिनमा अन्तर्राष्ट्रिय सम्बन्ध र मानवीय सहायता उपलब्ध गराउने कार्यमा गरेको सहयोगको उच्च प्रशंसा गरे । कर्प्सका निवर्तमान डिन लोकमान्य गोल्छाको सक्रियतामा सरकारसँगको सहकार्य, अफगानिस्तानमा मानवीय सहायता प्रदान गरेको खड्काले स्मरण गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *