नेपाली जनसम्पर्क समिति साईप्रसको दोस्रो अधिवेशनको मिति तय
काठमाडौँ । नेपाली जनसम्पर्क समिति साईप्रसको दोस्रो केन्द्रीय अधिवेशन ७,२०२२ अगस्टमा हुने भएको छ । २०७६ मा भएको पहिलो अधिवेशन पछि निश्चित समयमा नै दोस्रो अधिवेशन गर्न लागीएको जनसम्पर्क समितिकी सभापती सिता अर्यालले बताए । दोस्रो अधिवेशन तयारी गर्नका निम्ती सभापती सिता अर्यालकै संयोजक्तवमा अधिवेशन मुल आयोजक समिति गठन गरिएको छ ।
यस्तै अधिवेशन सम्पन्न गर्नका निम्ती विभिन्न उपसमितिहरु समेत बनाएर तयारीलाई अन्तिम चरणमा पुराईएको नेपाली जनसम्पर्क समितिका महामन्त्री कुमार सिहंले बताए । बर्तमान उपसभापती पुस्पा मिश्रको संयोजक्तवमा व्यवस्थापन समिति ,महामन्त्री कुमार सिहंको संयोजक्तवमा प्रचारप्रसार समिति, लक्ष्मीता गुरुङको संयोजक्तवमा आर्थीक समिति , सागर अर्यालको संयोजक्तवमा विधान समिति, मनिष कुमार अधिकारीको संयोजक्तवमा निर्वाचन समिति बनार्ईको महामन्त्री सिहंले बताए । व्यवस्थापन समिति संयोजक पुष्पा मिश्रका अनुसार दोस्रो अधिवेशन साईप्रसको राजधानी निकोसीयको स्थानीय एक सभाहलमा हुने भएको छ ।
कोभीड प्रोक्टोलका विभिन्न कारण तथा नयाँ नयाँ भेरीएन्ट त्रासका बिच औपचारीक कार्यक्रम भने भर्चुअल गर्न लागीएको मुल समारोह समितिकी संयोजक वर्तमान सभापती सिता अर्यालले बताएका छन् । औपचारीक कार्यक्रमका लागी नेपाली काङग्रेस केन्द्रीय समितिका नेताहरु,विभिन्न देशका जनसम्र्पक समितिका प्रतिनिधीहरु,राजदुतावास , कन्सुलर , गैरआवसीय नेपाली संस्थाका प्रतिनिधीहरु एवम् साईप्रसमा रहेका विभिन्न अन्य सघं सस्थाहरुका प्रतिनिधीहरु निमन्त्रणा गरिने अर्यालले बताए । साथै नेपाली काङग्रेसमा शुभेच्छे राख्ने तमाम साईप्रस बासी नेपालीहरुको उपस्थिीतमा कार्यक्रमको तयारी गरिर्एको छ ।
हालै केही समय अगाडी विभिन्न ४ क्षेत्रका क्षेत्रीय अधिवेशन सर्वसम्मत सम्पन्न गरिएको अवस्थामा दोस्रो अधिवेशनले भने नयाँ केन्द्रीय समिति चयन गर्नेछ । नेपाली जनसम्पर्क समिति साईप्रसमा हाल ५०१ जना क्रियाशिल सदस्यहरु रहेका छन । नेपाली जनसम्र्पक समिति साईप्रसले साईप्रसमा भएका नेपाली बासीहरुमा विभिन्न समयमा पर्ने दुख कष्ट तथा नेपालमा समेत हरेक कठिन परिस्थीतीम विभिन्न सहयोग गर्दै आएको छ । केन्द्रीय अधिवेशन नजिकिदै गर्दा पदाधिकारीमा आउनेहरुको चाहना समेत बढिरहेको छ ।